सांघाईमा भीडमा किच्चिएर कयौंको मृत्यु

  • 1 जनवरी 2015
सांघाईमा तस्वीर कपीराइट Reuters
Image caption घटनापछि घाइतेहरुलाई पुर्याइएका अस्पतालमा आफन्तको भीड लागेको बताइएको छ

चीनियाँ सरकारी सञ्चार माध्यमका अनुसार सांघाई शहरमा भएको सो घटनामा ४० जनाभन्दा बढी घाईते भएका छन्।

सिन्हुआ समाचार संस्थाका अनुसार सांघाई शहरको एक नदीकिनारको बन्ड क्षेत्रमा उक्त घटना भएको हो।

बीबीसी संवाददाता जन पन्सफर्ड भन्छन्, “घटनास्थलको एउटा फोटोमा एम्बुलेन्स नजिकै मानिसहरु पल्टिरहेको देखिन्छ भने एकजनाले कमीज नलगाएका अर्का व्यक्तिको छातीमाथि हातले थिचिरहेको देखिन्छ।”

साँघुरा

तस्वीर कपीराइट Reuters
Image caption घटना भएको बन्ड क्षेत्रमा सडक तथा गल्लीहरु साँघुरा भएको बताइन्छ

उक्त क्षेत्रमा सडकहरु साँघुरा छन्।

कुनै ठूला कार्यक्रमको आयोजना हुँदा दर्शकहरुका कारण खाली ठाउँ रहँदैन।

घटनाबारे अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन्।