मानवीय संकटका घटनाको जीम्मा लिन्न: असद

  • 10 फेब्रुअरी 2015
Image caption सिरियाली राष्ट्रपति असदले बीबीसीका जेरमी बोवेनसंग विस्तृत कुराकानी गरेका छन्

सिरियाका राष्ट्रपति बशर अल असदले भनेका छन् उनको सरकारले जीहादी समूह, आइएस, संग संघर्षरत अमेरिकी नेतृत्वको गठबन्धनबाट सन्देशहरु प्राप्त गरिरहेको छ।

बीबीसीसंग कुरा गर्दै राष्ट्रपति असदले भने गत सेप्टेम्बर देखि सिरियामा हवाइ हमलाहरु भएयता दुइपक्षबीच प्रत्यक्ष आपसी सहयोग भएको छैन।

तर इराक लगायतका तेस्रो पक्षहरु मार्फत “सूचना”हरु आदानप्रदान भैरहेका छन्।

उनले विद्रोही नियन्त्रीत क्षेत्रहरुमा, हजारौं गैरसैनिकहरुको ज्यान जाने गरि सिरियाली सरकारले “ब्यारेल बम” हरु नखसालेको पनि बताए।

"कथा"

दमस्कसमा बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोवेनसंगको विस्तृत अन्तर्वार्ताका क्रममा राष्ट्रपति असदले सिरियाल सरकारमाथि लगाइएका त्यस्ता आरोपहरुलाई “बालकथा” भनेर खण्डन गरेका छन्।

“हामीसंग बमहरु छन्, क्षेप्यास्त्रहरु छन् र गोलीहरु.......ब्यारेल बमहरु छैनन्, हामीसंग ब्यारलहरु छैनन्,” उनको भनाई थियो।

तस्वीर कपीराइट Reuters

बीबीसी सम्बाददाता भन्छन् उनको त्यस्तो खण्डन एकदमै विवादास्पद छ किनकी ब्यारेल बमहरुबाट ठूलो संख्यामा गैरसैनिकहरुको ज्यान गएका आक्रमणहरुको सार्वजनिक अभिलेखहरु छन्।

ब्यारेल बम भनेको ठूलो आकारका धातुका सिलिण्डरहरु हुन जस्मा विस्फोटक पदार्थहरु भरिएको हुन्छ।

मानव अधिकारवादी अभियानकर्ताहरु भन्छन् त्यस्तो ब्यारेल बमहरु विशेषगरी हेलिकप्टरहरुबाट धेरै उचाइबाट खसालिन्छन्।

र त्यस्ता बमहरुको निशाना ठीक स्थानमा लाग्न लगभग असम्भव नै हुने ति अधिकारकर्मीहरु बताउंछन्।

सहकार्य

तस्वीर कपीराइट Reuters

अमेरिकी नेतृत्वको गठबन्धनमा संलग्न थुप्रै देशहरुले राष्ट्रपति असदसंग कुनै सहकार्य नगरेको बताउंदै आएका छन्।

तर इस्लामिक स्टेटले सिरिया र इराकको ठूलो भूभागमा कब्जा गरि “खिलाफत” स्थापनाको घोषणा गरेपछि, अधिकारीहरुले उक्त समूहविरुद्धको संघर्षमा सिरियाली नेतासंग मिलेर काम गर्ने बारे विचार गर्न प्रेरित गरेको छ।

स्थिती त्यस्तो देखिंदा, राष्ट्रपति असदले भने आइएसलाई “कमजोर बनाउंदै नष्ट गर्ने” प्रयासमा लागेको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुने सम्भावनालाई भने अस्वीकार गरेका छन्।