दुबइको गगनचुम्बी भवनमा आगलागी

  • 21 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption दुबइस्थित उनान्असी तले भवनमा आगलागी भएको र त्यसलाई छिटै नियन्त्रणमा लिइएको बताइएको छ

दुवइस्थित विश्वकै सबभन्दा अग्लाहरुमध्ये एक आवासीय भवनमा आगलागी हुँदा सयौं मानिसहरुको उद्दार गरिएको छ।

एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार टर्च टावर नामको उक्त भवनको पचासौं तत्लाबाट शुरु भएर त्यस माथिका तल्लाहरुमा पुगेको थियो।

अहिलेसम्म कसैको ज्यान गएको खबर आएको छैन।

सामाजिक सन्जालहरुमा राखिएका भीडीयो र तस्वीरहरुमा आगो भवनको माथिसम्म पुगेको देखिन्छ।

तीब्र हावा

चार वर्ष अगाडि खोलिएको उनासी तले उक्त टावर तीस सय मीटर भन्दा अग्लो छ।

तीब्र हावा लागेका कारण मारिना जिल्लास्थित उक्त गगनचुम्बी भवनको आगो झन फैलिनपुगेको बताइएको छ।

एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई भनिन् 'जलेका अंशहरु यत्रतत्र खसेका थिए र छिमेकी घरसम्म पुगेका थिए।'

तर पछि रिपोर्टहरुमा जनाइए अनुसार आगो नियन्त्रणमा लिइएको छ।

कारण

आगो लाग्नुको कारण खुलेको छैन।

डेढ घन्टा भित्रै आगो ६० औं तल्लामा पुगिसकेको थियो। बाहिरी अपार्टमेन्टहरु ध्वस्त भएको जस्तो देखिन्छ प्रत्यक्षदर्शी रोलाले बीबीसीलाई भनिन्।

विहान तीन बजे भएपनि आगलागी हेर्न थुप्रै मानिसहरु आ आफ्नो बाल्कोनी निस्केका थिए।

उनले भनिन् सरकारी सुरक्षा संयन्त्र तत्काल आएर सबैलाई समयमै बाहिर निस्कन भनियो।

त्यहाँ कसैको ज्यान गएको छैन भन्ने जानकारी पनि उनीहरुले दिए।

सन २०१२ मा ३४ तले ट्यामवील टावरमा पनि त्यसैगरी आगो लागेको थियो।

चुरोटको ठूटोबाट शुरु भएको भनिएको उक्त आगलागिले पनि त्यसबेला पनि कसैलाई केहि भएन तर आगलागी पछि त्यो घरका बासिन्दाहरु घरविहिन भएका थिए।