नेम्त्सोभको शोक -यालीमा हजारौं सहभागी

  • 1 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption -यालीमा सहभागीहरुले नायक कहिल्यै नमर्ने उल्लेख भएको प्लेकार्डहरु बोकेको बताइएको छ

रुसमा विपक्षी नेता बोरिस नेम्त्सोभको हत्याको शोक मनाउन हजारौं मानिसहरु एउटा -यालीमा सहभागी भएका छन्।

प्रदर्शनकारीहरुले रुसी झण्डाका साथै विपक्षी नेता नेम्त्सोभका तस्वीरहरु बोकेका छन्।

उनीहरुले नेम्त्सोभले स्वतन्त्र रुसका लागि लडे तथा रुसको भविष्यका लागि मृत्युवरण गरे भन्ने आशयका प्लकार्ड बोकेका छन्।

आशंका

शुक्रबार अज्ञात आक्रमणकारीले उनको हत्या गरेको थियो।

नेम्त्सोभका वकील भादिम प्रोखोरोभले उनको हत्यामा संलग्नहरुलाई कानूनी दायरामा ल्याइनेमा आशंका व्यक्त गरे।

उक्त हत्याको अनुसन्धानको नियन्त्रण आफैले गर्ने राष्ट्रपति पुटीनको कदमबाट परिणाम निस्कनेमा समेत उनले आशंका जनाए।

आरोप

नेम्त्सोभले युक्रेनमा जारी युद्धको विरुद्ध आज विरोध -याली निकाल्ने घोषणा गरेका थिए।

त्यसको दुई दिनअघि पुटिनका तीखो आलोचक उनको हत्या भएको थियो।

उक्त हत्यामा सरकारी पक्ष संलग्न रहेको विपक्षीहरुले आरोप लगाएका छन्।

पुटिनले भने उक्त हत्याको निन्दा गर्दै त्यसको जांचबुझको निगरानी आफैले गर्ने घोषणा गरेका छन्।