नयाँ राजधानी बनाउने इजिप्ट सरकारको घोषणा

  • 14 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption नयाँ राजधानी बनाउने परियोजना सम्पन्न गर्न ४५ अर्ब डलर खर्च हुने इजिप्ट सरकारले जनाएको छ

इजिप्ट सरकारले एउटा महत्वपूर्ण सम्मेलनका क्रममा वर्तमान राजधानी कायरोभन्दा पूर्वमा नयाँ राजधानी बनाउने योजना घोषणा गरेको छ।

आवासमन्त्री मोस्तफा मदबाउलीले उक्त परियोजनाका लागि ४५ अर्ब डलर खर्च हुने बताए।

उनका अनुसार नयाँ राजधानी बनाउने परियोजना सम्पन्न गर्न पाँचदेखि सात वर्ष लाग्ने छ।

आगामी ४० वर्षभित्र कायरोको भिडभाड र अति जनसंख्याको समस्यालाई संबोधन गर्ने परियोजनाको उद्देश्य रहेको मदबाउलीको भनाई थियो।

लगानी

इजिप्टको अर्थतन्त्रलाई ब्युताउने उद्देश्यका साथ आयोजना गरिएको एउटा लगानी सम्मेलनमा उक्त घोषणा गरिएको हो।

शर्म-ए-शेखको रेड सी रिजोर्टमा आयोजित उक्त सम्मेलनको क्रममा कुवेत, साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सले १२ अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्।

आवासमन्त्रीले एक करोड ८० लाख अनुमान गरिएको बृहत् कायरोको जनसंख्या आगामी ४० वर्षभित्र त्यसको दुई गुणा हुने बताए।

इजिप्टेली संसद, सरकारी विभाग र मन्त्रालयहरुका साथै विदेश राजदूतावासहरु नयाँ राजधानीमा सारिने उनले जनाए।

उनले भने, “हामीले एउटा विश्व राजधानीका कुरा गरिरहेका छौँ।”

तस्वीर कपीराइट a
Image caption योजना अनुसार कायरोबाट नयाँ राजधानीमा संसद सारिने छ

निर्माणकर्ताहरु भन्छन्- नाम अझै घोषणा नगरिएको नयाँ राजधानीमा २ हजार विद्यालय तथा क्याम्पसहरु र ६ सयभन्दा बढी स्वास्थ्य सुविधाहरु हुनेछन्।

रोजगारी

नयाँ राजधानी बनाउने परियोजनाले १० लाखभन्दा बढी रोजगारी श्रृजना गर्ने उनीहरुको भनाई छ।

७ सय वर्गकिलोमिटरमा बन्ने नयाँ राजधानीमा ५० लाख आवास निर्माण गरिने योजना बनाइएको छ।

बीबीसीकी एकजना संवाददाता भन्छिन्- वर्तमान राजधानी कायरको भिडभाड र सांघुरोपनाबाट मानिसहरुलाई अन्यत्र लग्नका निम्ति यस्तो परियोजना ल्याइएको देखिन्छ।

तर विगतमा इजिप्टमा यस्ता खालका परियोजनाहरुमा ढिलाई