ऐतिहासिक धरोहर, मन्दिरहरू ध्वस्त

  • 25 एप्रिल 2015
तस्वीर कपीराइट BBC World Service
Image caption भूकम्पका कारण प्राय: पुराना घरहरू ध्वस्त भएका बताइएको छ

शनिवारको भूकम्पका कारण काठमाण्डू उपत्यकाका थुप्रै महत्वपूर्ण ऐतिहासिक धरोहरहरू ध्वस्त भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरूले बताएका छन्।

ती मध्ये धरहरा, बसन्तपुरका केही मन्दिरहरू र त्यहाँस्थित हनुमान ढोका दरबारका केही भाग प्रमुख रूपमा रहेका छन्।

ललितपुरको मंगलबजारस्थित पाटन दरबार नजिक रहेका केही मन्दिर तथा स्तम्भ पनि क्षतिग्रस्त भएका बताइएको छ।

भ्रक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पनि त्यस्तै प्रकारका क्षतिहरू भएका जनाइएको छ।

तस्विरहरू

सामाजिक सन्जालमा राखिएका तस्विरहरूमा ती मध्ये कतिपय पुरै ध्वस्त भएका देखिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार कतिपय पुराना मठ मन्दिरहरूमा चिरा परेको देखिएको छ।

काठमाण्डू उपत्यकाका यी एेतिहसिक धरोहरहरू राष्ट्रसंघीय विश्व सम्पदा सूचीमा पनि छन्।

अधिकारीहरूले भूकम्पका कारण पुराना भवनहरू प्राय: प्रभावित भएका र नयाँ घरहरु भने धेरै क्षतिग्रस्त नभएका बताएका छन्।

सम्बन्धित समाचार