रंगशालाको हिंसामा दिइएको फाँसी सजाय सदर

  • 9 जुन 2015
तस्वीर कपीराइट Getty Images
Image caption भिडन्तपछि आतिएर भाग्ने क्रममा किचिएर धेरै जनाको मृत्यू भएको थियो।

इजिप्टमा तीन वर्षअघि एउटा फुटबल रंगशालामा भएको हिंसामा संलग्न भएको भनी ११ जनालाई दिइएको फाँसीको सजाय त्यहाँको अदालतले सदर गरिदिएको छ।

पोर्ट सइदमा सन् २०१२ मा दुई क्लबका समर्थकहरुबीच भड्किएको हिंसामा ७४ जना फुटबल प्रशंसकको ज्यान गएको थियो।

अल अलि र अल मस्री क्लबबीच सन् २०१२ को फेब्रुअरीमा भएको खेलका क्रममा समर्थकहरुबीच भिडन्त भएको थियो।

उक्त दंगा इजिप्टको फुटबल इतिहासको सबैंभन्दा खराब दुर्घटना भएको बताइन्छ।

सजाय

उक्त घटनामा संलग्न भएको अभियोगमा ७३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो।

त्यसमध्ये ११ जनाले फांसीको सजाय पाए भने ४० जनाले १५ वर्षसम्मको जेल सजाय।

अन्यलाई भने सफाइ दिइएको छ।

सजाय पाउनेहरुमा प्रहरी अधिकारीहरु पनि छन्।

आरोप

तर कसैले पनि फांसीको सजाय भने पाएनन्।

स्थानीय टिम अल मास्रीका समर्थकहरुलाई विपक्षी क्लबका समर्थमाथि आक्रमण गर्न छाडिदिएको आरोप प्रहरी अधिकारीहरुमाथि छ।

त्यसपछि राजधानी कायरोमा भड्किएको हिंसामा १६ जना मानिसको ज्यान गएको थियो जसपछि तात्कालीन राष्ट्रपति मोर्सीले शहरमा आपतकालीन अवस्थाको घोषणा गरेका थिए।