‘ब्याटम्यान’ हत्यारालाई सजाय

  • 17 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption स्नायुविज्ञानमा पीएचडी गरिरहेका जेम्स मानसिक-अस्वस्थ रहेको दाबी इजलासले अस्वीकार गर्यो

‘ब्याटमान’ को रुपमा सन् २०१२ मा अमेरिकी राज्य कोलोराडोमा सिनेमा हेर्न गएका १२ जनाको सुनियोजित रुपमा हत्या गरेको अभियोगमा एकजना बन्दुकधारी दोषी ठहर्याइएका छन्।

कयौंको हत्या र हत्या-प्रयास गरेकोमा दोषी ठहर्याइएका २७ वर्षिय जेम्स होम्सले अब मृत्युदण्ड भोग्नु पर्ने हुनसक्छ।

कोलोराडो राज्यमा झण्डै तीन महिना लामो सुनुवाईपछि इजलासले दुई दिनको समय लगाएर निर्णय सुनाएको थियो।

मध्यरातमा हत्या

एउटा ब्याटम्यान सिनेमा 'दी डार्क नाइट राइजेज' को पहिलो प्रदर्शनका क्रममा डेनभर शहरको बाहिरी भागमा रहेको सेन्चुरी सिक्सटीन सिनेमाघर मध्यरातको सोका निम्ति भरिभराउ थियो।

ग्यास मास्क सहितको हलेमेट र रक्षात्मक खालको सैन्य पोशाक लगाएर एउटा मानिस हलभित्र छिर्यो।

भिडमा अश्रुग्यास ग्रिनेड फ्याँक्यो र केहीबेरपछि गोली प्रहार शुरु गर्यो।

उपस्थित केहीले गोली बर्सिन शुरु नहुँदासम्म त्यो कार्य फिल्मकै कुनै भयानक दृष्यसँग जोडिएको होला भन्ने सोचे।

तर गोली चल्न थालेपछि हल पूर्णआतंकित बन्यो, केही आफ्नै सीटमा मारिए, भाग्न खोज्ने अरु घाइते भए।

घट्नामा १२ जना मारिनुका साथै ७० जना मानिसहरु घाइते भएका थिए।

बचाउ

त्यसपछि उनले हलबाहिर रहेको कार पार्कस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

मुद्दाको सुनुवाईको क्रममा उनले गोली चलाएको स्वीकार गरे, वकिलहरुले पनि उनले गोली नचलाएको दाबी कहिल्यै गरेनन्।

तर उनले सूनियोजित रुपमा हत्या गरेको आधारमा आफूलाई दोषी नठहर्याउन आग्रह गरेका थिए।

बीबीसीका सम्वाददाता डेभिड विलीस भन्छन्, "उनको मानसिकस्थिति ठीक नभएको तर्क गर्दै वकिलहरुले पनि उनलाई मृत्युदण्डबाट बचाउन चाहेका थिए। तर करिव तीन महिना लामो सुनुवाईपछिका प्रमाणहरुले जेम्सलाई दोषी ठहर्याउन

इजलासलाई दुई दिन पनि लागेन।"