सीसी स्वेज नहर विस्तार उद्घाटनमा सरिक

  • 6 अगस्ट 2015
तस्वीर कपीराइट
Image caption इजिप्टको सरकारले स्वेज नहर विस्तारलाई राष्ट्रिय गौरवको रुपमा चित्रण गरेको छ

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले स्वेज नहरको विस्तार उदघाटन गर्न आयोजित आकर्षक समारोहको नेतृत्व गरेका छन्।

टेलिभिजनहरुले सैनिक पोशाक लगाएका सीसी पानीजहाज चढेर नयाँ नहरमा यात्रा गरिरहेको र लडाकू विमान तथा हेलिकप्टरहरुले माथिबाट सुरक्षा गस्ती गरिरहेको देखाएका थिए।

मरुभूमिलाई खनेर बनाइएको नयाँ खण्ड स्वेज नहरको समानान्तर रहेको छ।

इजिप्ट सरकारका अनुसार ८ अर्ब डलरको लगानीमा बनाइएको यो ३५ किलोमिटर नहर खण्डले जहाजहरुको आवत जावत सहज बनाइ नहरलाई आर्थिक रुपमा थप नाफामूलक बनाउनेछ।

शंका

जसले इजिप्टको अर्थतन्त्रलाई उकास्नेछ।

तर यसका आलोचकहरुले अधिकारीहरुले अनुमान गरेजस्तो आम्दानी बढ्नेप्रति शंका व्यक्त गरेका छन्।

उनीहरु भन्छन्, विश्वको व्यापार इजिप्टले अनुमान गरेको आम्दानी उठ्ने किसिमले बढ्न सकेको छैन।

त्यस्तै उत्तर अमेरिकास्थित पनामा नहरको आगामी वर्ष सम्पन्न हुने भनिएको विस्तारले पनि स्वेज नहरको आम्दानीलाई असर पर्ने बताइएको छ।

विस्तार पछि पनामा नहरले एसिया र उत्तर अमेरिकाबीचको व्यापारमा स्वेज नहरसंग कडा प्रतिस्पर्धा गर्ने ठानिएको छ।