चीनको कार्बन उत्सर्जन ‘अत्यधिक’ मूल्याङ्कन

  • 20 अगस्ट 2015
Image caption पहिले अनुमान गरिएकोभन्दा चीनले कमसल खालको खैरो कोइला प्रयोग गरिरहेको छ।

एउटा अध्ययनका अनुसार चिनियाँ कोइला ऊर्जा केन्द्रमा कुन किसिमको कोइला प्रयोग भईरहेको छ भन्ने कुराको जानकारी नहुँदा वैज्ञानिहरुकले त्यहाँ पछिल्लो दशकमा कार्बन उत्सर्जनको मात्रा भएकोभन्दा बढी अनुमान गरेका हुन सक्छन्।

चीनको कार्बन उत्सर्जनको मंल्याङ्कनका निम्ति विश्वव्यापी औसत सुत्रलाई प्रयोग गरिएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

वैज्ञानिकहरुले चीनमा प्रयोग भईरहेको कोइलाको पछि परीक्षण गर्दा त्यसले पहिले अनुमान गरिएकोभन्दा ४० प्रतिशतले कम कार्बन उत्सर्जन गरेको पाइएको थियो।

तीव्र आर्थिक वृद्धि गरिरहेको चीनले विगत १५ वर्षदेखि कोइलाबाट ठूलो मात्रामा ऊर्जा उत्पादन गर्दै आएको छ।

निर्भरता

वास्तवमा हरेक साता चीनले एउटा कोइला ऊर्जा केन्द्र निर्माण गरिरहेको भनी सन् २००६ मा सार्वजनिक तथ्यांकभन्दा उक्त संख्या बढी थियो।

हरेक साता औसतमा साढे एकवटा त्यस्ता ऊर्जा केन्द्रहरु निर्माण हुने गरेका थिए।

कोइला ऊर्जा केन्द्र विस्तारको दर घटेपनि त्यसमा निर्भरताका कारण सन् २००७ मा उसले कार्बन उत्सर्जनमा सबै मुलुकलाई जितेको थियो।

उक्त अवस्था अझै कायम छ।

वास्तविक

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अध्ययनमा चीनले वायुमण्डलमा फालिरहेको कार्बनको वास्तविक मात्रा कति छ भन्ने कुरा यकिन नभएको उल्लेख छ।

चीनले नियमित रुपमा आफ्नो ऊर्जाबारे तथ्यांक सार्वजनिक गर्ने गरेपनि कार्बन उत्सर्जनबारे नियमित रुपमा जानकारी सार्वजनिक गर्ने गरेको छैन्।

वैज्ञानिकहरुका अनुसार पहिले अनुमान गरिएकोभन्दा चीनले प्रभावकारी ढंगले अझ बढी कमसल खालको खैरो कोइला प्रयोग गरिरहेको छ।