'इजिप्टद्वारा अलजजिराका दुई पत्रकारलाई माफी'

  • 24 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Getty
Image caption कानूनी विज्ञहरुले ति पत्रकारहरुविरुद्ध अभियोगको कुनै आधार नभएको र ति राजनीति प्रेरित भएको बताएका थिए

इजीप्टका राष्ट्रपतिले गलत समाचार प्रसारण गरेको आभियोग लगाइएका अलजजीरा टेलिभिजनका तीनजना मध्ये दुईजना पत्रकारको सजाय माफ गरिदिएका छन्।

राष्ट्रपति अब्देल फतह अल-सीसीले आफू संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यू योर्क तर्फ जानु एकदिन अघि कैद सजाय माफ गरिदिएका सयौं बन्दीहरु मध्ये क्यानडेली नागरिक मोहम्मद फहमी र इजीप्टका बहेर मोहम्मद पनि छन्।

ती पत्रकारका अष्ट्रेलियाली सहकर्मी पीटर ग्रेस्टलाई भने केही महिना अघि नै मुक्त गरी स्वेदश फिर्ता पठाइएको थियो।

इजीप्टको राष्ट्रपतिका एकजना प्रवक्ताले मोहम्मद फहमी र बहेर मोहम्मद रिहा गरिने एकसय जना बन्दीको सूचीमा रहेका पुष्टि गरेका छन्।

अभियोग

अल जजीरा टेलिभिजनका लागि काम गर्ने ती तीनजना पत्रकारहरुलाई पत्रकारिता मार्फत आतंकवादलाई सघाउ पु-याएको भनी तिनीहरु विरुद्ध दायर मुद्दामा गत महिना भएको पुन: सुनुवाR पछि तीन बर्षको जेल सजाय सुनाइएको थियो।

सरकारी अभियोजनकर्ताहरुले तL पत्रकारहरुलाई सन् २०१३ मा सेनाले राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेपछि प्रतिबन्ध‌ित मुस्लीम ब्रदरहुड समूहसंग मिलेर काम गरेको अभियोग लगाएका थिए।

उनीहरुले आफू विरुद्धको अभियोगको खण्डन गर्दै आफूले मात्र समाचार संकलन र प्रसारण गरेको बताएका थिए।

कानूनी विज्ञहरुले ती पत्रकारहरु विरुद्धको अभियोगको कुनै आधार नभएको र ती राजनीति प्रेरित भएको बताएका थिए।

अभियान

ती पत्रकारहरुलाई थुनामा राखि मुद्दा चलाइएपछि तउनीहरुको रिहाइका लागि विश्वव्यापी रुपमा प्रेस स्वतन्त्रताको पक्षमा अभियान चलाइएको थियो।

फहमी र मोहमदसंग कैद माफी पाउनेमा चर्चित अभियानकर्ता यारा सल्लाम र सना सैफ पनि छन्।

उनीहरुलाई सन् २०१४ मा विरोध प्रदर्शन विरुद्ध लागू कानुन तोडेको अभियोगमा दुई वर्ष कैदको सजाय सुनाइएको थियो।

कैद माफी दिन राष्ट्रपति मोर्सीले गरेका बुधबारको निर्णयको खास कारण खुलाइएको छैन।

तर यो मुसलमानहरुको चाड इद उल अदा र राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न राष्ट्रपति न्यूयोर्क जाने एक दिन अघि भएको छ।