द्वन्द्व अन्त्य गर्न कोलम्बियामा नयाँ सहमति

  • 24 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption सशस्त्र द्वन्द्वमा रहेका फार्क विद्रोही र कोलम्बिया सरकारबीच सहमति बनेको छ

कोलम्बिया सरकार र बामपन्थी फार्क गुरिल्लाहरुले पाँच दशक भन्दा लामो द्वन्दवकालमा भएका अपराधलाई न्यायको कठघरामा ल्याउनेबारे सहमति गरेका छन्।

दक्षिण अमेरिकाको सबभन्दा लामो द्वन्द्व अन्त्य गर्न क्युवाको मध्यस्थतामा तीन वर्षदेखि जारी संझौता प्रक्रियामा महत्वपूर्ण प्रगति भएको बताइएको छ।

क्युवाको राजधानी हवानामा जारी गरिएको संयुक्त वक्तब्यमा आफ्नो अपराध स्वीकार्ने र पीडितहरुमाथि पुगेको क्षति कम गर्न प्रतिबद्ध हुनेलाई कम सजाय दिइने र आफ्नो अपराध स्वीकार नगर्ने या ढिलागरी स्विकार गर्नेलाई अन्य मुद्दामा पाउने सरहको जेल सजाय दिइने उल्लेख गरिएको छ।

शान्ति प्रक्रिया मार्च २३ २०१६ या या त्यो भन्दा अघि नै सम्पन्न हुने राष्ट्रपति जाँ म्यानुअल स्यान्टोसले घोषणा गरेका छन्।

मध्यस्थता

क्युबामा भएको सहमति अनुसार ६ महिना भन्दा बढि नलगाउने सहमति बनेको राष्ट्रपतिले बताए।

राष्ट्रपति स्यान्टोस र टिमोचेङ्को भनिने विद्रोही कमाण्डर रोड्रिगो लोण्डोनोबीच क्युबाको राजधानी हवानामा कुराकानी भएको थियो।

क्युबाको मध्यस्थतामा तीन वर्ष देखि जारी शान्ति वार्ता जारी छ।

ल्याटिन अमेरिकामा यो द्वन्द्व सबभन्दा लामो समय चलेको छ।

अनुमान

कोलम्बिया सरकार र देशको सबभन्दा ठूलो विद्रोही समुह फार्कका संझौताकारहरुले यस अघि नै भूमि सुधार राजनीतिक सहभागिता र अबैधानिक लागु औषधबारे यस अघि नै सहमति गरिसकेका छन्।

पाँच दशक लामो द्वन्द्वमा दुइ लाख बीस हजार मानिस मारिएका र पचास लाख भन्दा बढि आन्तरिक विस्थापनमा परेको अनुमान कोलम्बियाको सरकारको अनुमान छ।

सत्तरी लाख भन्दा बढि हिंसा पीडितमा दर्ता भएका छन्। ८ हजार जति फार्क विद्रोहीहरु अझ पनि लडाइमा छन्।