स्वतन्त्रता पक्षधर दलहरुको बहुमत

  • 28 सेप्टेम्बर 2015
आर्टस मास तस्वीर कपीराइट Getty
Image caption क्याटालोनियाको स्वतन्त्रताको मागबारे स्पेनमा आगामी दिनहरुमा विवादहरु जारी रहने लक्षण देखिएका छन्

स्पेनबाट स्वतन्त्रताको लागि जोड दिइरहेका राजनीतिक दलहरुले क्याटालोनियाको क्षेत्रिय संसदमा बहुमत हासिल गरेको मत परिणामले देखाएका छन्।

सबैजसो मत परिणाम आइसक्दा ती दलहरुले क्षेत्रिय संसदका १३५ स्थानमध्ये ७२ स्थानमा विजयको नजिक पुगेका छन्।

उनीहरुले क्याटालोनियालाई स्वतन्त्र बनाउन चाहेपनि स्पेनको केन्द्रिय सरकारले त्यस्ता प्रयासहरुलाई विफल तुल्याइने बताउँदै आएको छ।

लगभग शत प्रतिशत मत गणना सकिंदा ‘हो का लागी संगसंगै’ भनिने मोर्चा जुन्त्स पेर सीले ६२ स्थानमा विजय हासिल गरेको थियो। बामपन्थी पृथकतावादी सीयुपी पार्टीले १० स्थानमा जित्ने देखिन्छ।

क्याटालानका क्षेत्रिय नेता अर्टास मासले आर्टस मासले आफूहरुले जितेको बताए।

“हामीले आफ्नो उद्देश्य प्राप्तीका लागि धेरै काम गर्न बाँकी छ, हामी आफ्नो उद्देश्य प्राप्तिको लागि दृढ छौं।”

विवाद

तर हाम्रा सम्बाददाता भन्छन्, “स्वतन्त्रता खोज्नेहरुको लागि बाटो त्यति सजिलो छैन, त्यो निकै चुनौतिपुर्ण छ।”

बीबीसीका टम बरिज भन्छन् “क्याटालोनियाको स्वतन्त्रता पक्षधरहरुले बहुमतका निम्ती पुँजीवाद विरोधी सानादलहरुसँग मिल्नु पर्नेछ।”

तर सबै साना दलहरुसँग मिल्दा पनि उनीहरुसँग लोकप्रिय मतको पचास पनि पुग्ने देखिदैन।”

क्याटालोनिया स्वतन्त्रताका विपक्षीले चाँही बहुसंख्यक मतदाताले स्वतन्त्रतावादलाई अस्वीकार गरेको बताएका छन्।

मेड्रिड स्थित केन्द्रिय सरकारले स्वतन्त्रताको लागि जनमत संग्रह हुन दिइरहेको छैन।

उस्ले सबै कानूनी उपायहरु लगाएर क्याटालोनियाक्यातालोनियालाई अलग हुन नदिने अडान राख्दै आएको छ।