टर्की बम हमलामा दर्जनौंको मृ्त्यु

  • 10 अक्टोबर 2015
टर्की तस्वीर कपीराइट Reuters
Image caption शान्ति -यालीमा भाग लिन मानिसहरु जम्मा भैरहेका बेला ती विष्फोटहरु भएका थिए

टर्कीको राजधानी अङकारामा एउटा ठूलो शान्ति –याली आयोजना गर्नुअघि भएका दुईवटा ठूल्ठूला बम विष्फोटनहरुमा परी कम्तीमा छयासीजनाको ज्यान गएको छ।

झण्डै दुईसय जना अन्य घाइते भएका छन्।

राजधानीको केन्द्रिय रेलवे स्टेशन नजीकै वामपन्थी समूहहरुले आयोजना गरेको –यालीमा भाग लिन मानिसहरु जम्मा भैरहेका बेला ती विष्फोटहरु भएका थिए।

भिडियो फुटेजहरुमा बम विष्फोटका बेला मानिसहरुले एकअर्काको हात समाएर गीतहरु गाइरहेका देखाइएको थियो।

त्यसपछि भागदौड मच्चिएका बेला प्रहरीका मोटरहरुमा मिसाइल प्रहार गरिएका थिए।

निन्दा

सरकारले ती आतंककारी हमला भएको भन्दै तिनको निन्दा गरेको छ।

ती हमला आत्मघाती बम हमलाकारीले गराएको हुनसक्ने भन्ने विवरणबारे छानबीन भैरहेको अधिकारीहरुले जनाएका छन्।

तर कुर्द समर्थक एचडिपि पार्टीले ती हमलाकालागि सरकारलाई नै दोष लगाएको छ।

टर्कीमा तीन सातापछि दोश्रो पटक संसदीय चुनावहरु हुन लागेका छन्।

कुर्द उग्रवादीहरुमाथि टर्की सरकारको हमला अन्त्य गरियोस् भन्ने माग गर्दै उक्त –याली आयोजना गर्न लागिएको थियो।

हमला

गत जुन महिनामा संसदीय चुनाव अघि एचडिपि पार्टीले दियारबकिर शहरमा आयोजना गरेको एक –यालीमा पनि त्यस्तै हमला गरिएका थिए।

बम हमला गरिएको केही घन्टा भित्रै प्रतिबन्धित कुर्द उग्रवादी समूह पिकेकेले भनेको छ, उसले आफ्ना सबै लडाकुहरुलाई नोभेम्बर महिनामा हुन गैरहेको चुनाव अघि आफ्ना सबै सैन्य कारवाही रोक्न आदेश दिएको छ।

एक वक्तव्यमा उक्त समूहले भन्यो, आफ्ना लडाकुहरुमाथि आक्रमण नगरिएसम्म उनीहरुले हमला गर्ने छैनन्।

टर्की सरकारले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।