म्यानमारमा २५ वर्षयताको महत्वपूर्ण चुनाव

  • 8 नोभेम्बर 2015
तस्वीर कपीराइट
Image caption प्रजातन्त्रवादी नेतृ सू ची संविधानको अहिलेको प्रावधान अनुसार राष्ट्रपति बन्न मिल्दैन

दशकौं लामो सैनिक शासन व्यहोरेको म्यानमारमा पच्चीस वर्ष यताको प्रत्यक्ष प्रतिस्पर्धा सहितको आम चुनावमा मतदान भइरहेको छ।

आङ सान सू चीको प्रमुख विपक्षी न्याशनल लीग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हात पार्ने अनुमान गरिएको छ।

सेनाको समर्थन रहेको सत्तारुढ युनियन सोलिड्यारिटी डेभलपमेण्ट पार्टी (युएसडीपी) मुख्य प्रतिस्पर्धी मध्ये एक हो।

संसदको एक चौथाइ सीट निर्वाचित हुन नपर्ने गरी सेनाका प्रतिनिधिलाई छुट्याइएको छ, जसले सत्तारुढ युएसडीपीलाई समर्थन गर्ने ठानिएको छ।

संसदको ६६४ सीटका लागि नब्बे भन्दा बढि दलका ६ हजार उम्मेदवार मैदानमा छन्।

अड्चन

नोबेल शान्ति पुरस्कार विजेता सू ची संविधानको अहिलेको प्रावधान अनुसार राष्ट्रपति बन्न मिल्दैन।

छोराछोरीले विदेशी नागरिकता लिएको भए त्यहाँको राष्ट्रपति बन्न नपाइने व्यवस्था संविधानमा छ।

तर सू चीले आफ्नो पार्टीले जितेमा आफू राष्ट्रपतिभन्दा माथि हुने बताएकी थिइन्।

बहुमत प्राप्त गर्न एनएलडीले ६७ प्रतिशत सीट जित्नुपर्नेछ।

यांगुनस्थित बीबीसी संवाददाताका अनुसार देशमा विश्वसनीय मत सर्वेक्षण नरहेकाले मतदान कसका पक्षमा जाने हो भन्ने स्पष्ट छैन।

सन् १९९० मा एनएलडीले बहुमत प्राप्त गरेको थियो तर सैनिक जनरलहरुले उक्त परिणामलाई उपेक्षा गरेका थिए।

स्वीकार

उनले शुक्रबार भनेका थिए, “मैले चुनाव परिणामका आधारमा बन्ने नयाँ सरकार स्वीकार गर्नेछु।”

तस्वीर कपीराइट Reuters
Image caption म्यानमारमा करिब तीन करोड मतदाता छन्

बर्मा पनि भनिने म्यानमारमा करिब तीन करोड मतदाता छन्।

अल्पसंख्यक रोहिंगा मुस्लिम सहित हजारौं मानिसहरुलाई मतदान अधिकार दिइएको छैन।

त्यसले मतदानको निस्पक्षतामाथि प्रश्न उठाएको छ।

नेतृ सू चीले मतदानमा हुने धाँधली र अनियमितताबारे चिन्ता व्यक्त गरिसकेकी छन्।

मतदान केन्द्रको सुरक्षामा चालीस हजार प्रहरी खटाइएको छ।