एडेनका राज्यपाल कार बम आक्रमणमा मारिए

  • 6 डिसेम्बर 2015
Image caption राज्यपाल शाद गत वर्ष एडेनबाट शिया हुथी विद्रोहीलाई धपाउने सरकारनिकट फौजका प्रमुख सदस्य थिए

राज्यपाल जाफर मोहम्मद शाद र थुप्रै सहयोगी उनको सवारी लस्करमाथि आक्रमण हुंदा मारिएका हुन्।

आइएसले विस्फोटक पदार्थले भरिएको कार विस्फोट गराइदिएको बताएको छ।

यमनमा गृहयुद्ध भड्किएयता आइएसले त्यहां आफ्नो उपस्थिति जमाउंदै आएको छ।

कब्जा

उ सरकार र इरानसमर्थित हुथी विद्रोहीविरुद्ध छ।

हुथी विद्रोहीहरुले राजधानी शानासहित मुलुकका अधिकांश भाग कब्जामा लिइसकेका छन्।

यो वर्षको शुरुवाततिर एडेन भने साउदी अरेबिया नेतृत्वको गठवन्धनको सहायताले सरकारी फौजले पुन: आफ्नो नियन्त्रणमा लिएका थिए।

घोषणा

उक्त घटनालाई साउदी नेतृत्वको गठवन्धनमाथि ठूलो धक्कामा रुपमा हेरिएको छ।

किनकि उक्त गठवन्धनको साथ पाएका यमनी राष्ट्रपतिले एडेनलाई अस्थायी राजधानी घोषणा गरेका थिए।

तर उक्त शहर अस्थिरप्राय: देखिन्छ।

आइएस र अरु जिहादीहरुले नौ महिनायता जारी पूर्णस्तरको द्वन्द्वको फाइदा लिदैं आफ्नो पकड मजबुद पार्ने प्रयास गरिरहेका छन्।