अन्तिम मस्यौदा सम्झौतामा सहमति

  • 12 डिसेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption अमेरिकी राष्ट्रपति बराक ओबामाले सहमति जुटाउने अन्तिम प्रयासस्वरुप चिनियाँ नेता शी जीनपीङ्गलाई फोन गरेका थिए।

संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनमा वार्ताकारहरु जलवायु परिवर्तनसँग जुझ्नेसम्बन्धी अन्तिम मस्यौदा सम्झौतामा सहमत भएका छन्।

झण्डै दुई सातादेखिको सघन वार्तापछि सहमति जुटेको हो।

मस्यौदा सहमतिलाई मन्त्रीहरु आजै औपचारिक रुपमा अनुमोदन गर्नुपर्ने हुन्छ।

सहमति जुटाउनका निम्ति १९० देशका प्रतिनिधिहरु रातभर वार्तामा जुटेका थिए।

बाध्यकारी

यसअघि अमेरिकी राष्ट्रपति बराक ओबामाले सहमति जुटाउने अन्तिम प्रयासस्वरुप चिनियाँ नेता शी जीनपीङ्गलाई फोन गरेका थिए।

मस्यौदा सहमति अनुमोदन भए पहिलोपटक विश्वव्यापी हरित गृह ग्याँस उत्सर्जन कटौती गर्नु कानुनी रुपमा बाध्यकारी हुनेछ।

यसअघि फ्रान्सेली विदेशमन्त्री लोरां फ्याब्युसले विश्व तापमानसँग जुझ्ने दिशातर्फ महत्वकांक्षी सम्झौताका लागि सबै विकल्पहरु अघि सारिएको पत्रकारहरुलाई बताएका थिए।

शिखर सम्मेलनका सहभागीहरु विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा माथि उक्लिन नदिनेमा सहमत भइसकेका छन्।