अमेरिकी फेडेरल रिजर्भद्वारा ब्याजदरमा वृद्धि

  • 17 डिसेम्बर 2015
अमेरिकी फेडेरल रिजर्भ तस्वीर कपीराइट Getty
Image caption वित्तीय बजारहरुमा अमेरिकी फेडेरल रिजर्भको पछिल्लो कदमको सकारात्मक असर परेको छ

अमेरिकाको फेडेरल रिजर्भले विश्व आर्थिक संकट शुरु भएयता पहिलो पटक ब्याजदर बढाएको छ।

सो निकायले अल्पकालीन दरलाई थोरै बढाएर ब्याजदर एक प्रतिशतको चौथाइ, अर्थात ०.२५ प्रतिशतले बढाएको छ।

सो कदमलाई अमेरिका र विश्वभर प्रतिक्षा गरिएको निर्णय भनिएको छ।

फेडेरल रिजर्भकी अध्यक्ष ज्यानेट येलेनले अमेरिकी केन्द्रीय बैंकको निर्णयले अर्थतन्त्र फेरि बलियो हुन लागेको संकेत गरेको बताइन्।

संकेत

“यो निर्णयले रोजगारी बढाउन, आम्दानी बढाउन र दशौं लाख अमेरिकीहरुको आर्थिक कष्ट कम गर्ने दिशामा ठोस प्रगति भएको संकेत गर्दछ।”

“यसले अर्थतन्त्र निरन्तर रुपमा बलियो हुनेछ भनी आत्मविश्वास बढेको पनि प्रतिविम्बित गर्दछ।”

ब्याजदर बढाउने निर्णय भए लगत्तै डलरको मूल्य केही बढेको छ।

न्यूयोर्क र जापानका शेयर बजार र अन्य विश्व वित्तीय बजारहरुमा शेयरहरुको मूल्य थोरै बढेको छ।