भारतको पठानकोट एअरबेसमा हमला

  • 2 जनवरी 2016
तस्वीर कपीराइट BBC World Service
Image caption पठानकोटस्थित भारतीय हवाई सेनाको कार्यालयमा आक्रमण भएको छ

भारतीय प्रहरीले पाकिस्तान सीमा नजिकै रहेको एअरफोर्स बेस (हवाइ सेनाको आधार कार्यालय)मा बन्दुकधारीले आक्रमण गरेको बताएको छ।

बीबीसी हिन्दीका अनुसार पंजाब बोर्डर रेन्जका प्रहरी उपमहानिरिक्षक विजय कुंवर प्रताप सिंहले घटनामा चारजना हमलाकारी मारिएको पुष्टि गरेका छन्।

पीटीआई समाचार एजेन्सीले पंजाब पुलिस सहित पुलिस महानिर्देशक एच.एस. ढिल्लनलाई उदृत गर्दै मुठभेड समाप्त भएको जनाएको छ।

हमलाकारीसँग सामना गर्न भारतीय सेनाको चार टुकडी बोलाईएको थियो। सेनाको कमाण्डो इकाई र हेलिकोप्टरहरु पनि प्रयोग गरिएको थियो।

'थुप्रो हतियार'

उपमहानिरीक्षक सिंहले बीबीसीलाई भने- "अकालगढ नजिकै रहेको एयरफोर्स बेसमा शनिबार विहानै हतियारधारीले आक्रमण गरेका थिए।"

एएफपी समाचार एजेन्सीले सुरक्षा अधिकारीलाई उदृत गर्दै भनेको छ- "हमलाकारीसँग थुप्रो हतियार छ र उनीहरु एयरबेसलाई ठूलो क्षति पुर्याउन चाहन्थे तर हामी उनीहरुलाई रोक्न सफल भएका छौं।"

अधिकारीहरु भन्छन्- “यिनीहरु जैश-ए-मोहम्मद सम्बद्ध चरमपन्थी हुन् भन्ने हामी ठान्छौं।”

सरकारी टीवी च्यानल दूरदर्शनका अनुसकार शनिबार सवेरै तीन बजे अकस्मात हमला भएको थियो।

सैनिक पोशाक

पठानकोट पाकिस्तान सीमाको नजिक पर्छ र भारत प्रशासित कश्मीरलाई देशको अन्य हिस्सामा जोड्ने सडक छेउमा हवाई फौजको कार्यालय छ।

स्थानीय मीडियाका अनुसार हमलाकारीले भारतीय सेनाको पोशाक लगाएका थिए र उनीहरुले एक अधिकारीको कार प्रयोग गरेका थिए।

सुरक्षा फौजले सारा इराका घेरेका छन्। जम्मू पठानकोट राजमार्गमा गश्ती बढाइएको छ।

पंजाब र जम्मू कश्मीरमा उच्च सुरक्षा सतर्कता 'रेड अलर्ट' जारी गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान यात्राको आठ दिन पछि हमला भएको छ।