चीनको आर्थिक वृद्धिदर २५ वर्षयताकै कम

  • 19 जनवरी 2016
तस्वीर कपीराइट Xinhua

सन् २०१५ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत रहेको देखिएको छ।

यो २५ वर्षयताकै सबैभन्दा कम भएको बताइएको छ।

अघिल्लो वर्ष चीनको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत थियो।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रको वार्षिक आर्थिक वृद्धिदर चाहिँ विश्वव्यापी अपेक्षा अनुसार नै रहयो।

चीनले सन् २०१५ का लागि ७ प्रतिशतले आर्थिक वृद्धि हुने औपचारिक लक्ष्य निर्धारण गरेको थियो।

यद्यपि चिनियाँ प्रधानमन्त्री लीक् चियाङ्गले नयाँ रोजगारी श्रृजना हुञ्जेल मन्द गतिको वृद्धिदर स्वीकार्य हुने बताएका छन्।