हिमआँधी रोकिएपछि यात्रा प्रतिबन्ध फुकुवा

  • 24 जनवरी 2016
Image caption मानिसहरुले आफ्ना घर अगाडिको हिउँ सफा गर्न थालेका छन्

भीषण हिमआँधीका कारण अस्तव्यस्त बनेको अमेरिकाको न्यू योर्कमा कार यात्रामा लगाईएको प्रतिबन्ध हटाइएको छ।

विस्तारै केहि सार्वजनिक सवारी साधन गुड्न थाल्ने अपेक्षा राखिएको छ तर राजधानी वाशिङटन डी सीमा मेट्रो रेल र विमानस्थल बन्द नै रहने ठानिएको छ।

शुक्रबारदेखि शुरु भएको हिमआँधी कमजोर बन्दै गईरहेको छ र एटलान्टिक महासागरतर्फ लागेको छ।

हिमआँधी समुन्द्रतर्फ लागेपछि हिउँ पर्न रोकिएको छ।

आपतकाल

मानिसहरुले आफ्ना घर अगाडि एक मीटर सम्म परेको हिउँ सफा गर्ने प्रयत्न गरिरहेका छन्। यसो गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ।

तस्वीर कपीराइट Reuters
Image caption न्यू योर्कमा यात्रा प्रतिबन्ध हटाईएको छ
Image caption भीषण हिमआँधीले हजारौंकहाँ बिजुली काटिएको छ

शुक्रबार यता थप बाह्र जनाको मृत्यु पनि हिउँ सम्बन्धित घटनाका कारण भएको छ।

हिमआँधीले साढे आठ करोड मानिसहरु प्रभावित भएका छन् र २ लाख मानिसकहाँ बिजुली छैन।

न्यू योर्क, टेनेसी, जर्जिया, केन्टकी, नर्थ क्यारोलाइना, न्यू जर्सी, भर्जिनिया, वेष्ट भर्जिनिया, मेरिल्याण्ड, पेन्सलभेनिया र कोलम्बिया राज्यहरुमा आपतकाल घोषणा गरिएको थियो।

यो सप्ताहन्तमा करिब ७ हजार उडानहरु रद्द गरिएका छन्।

सोमबारका लागि पनि कम्तिमा ६१५ उडान रद्द गरिएका छन्।

तर कैयौं मानिसहरु हिउँमा रमाउन पार्क र सडकहरुमा निस्केका छन्।