इरानी धनाढ्य जनजानीलाई मृत्युदण्ड घोषणा

  • 6 मार्च 2016
Image caption मृत्युदण्ड सुनाइएका बबाक जनजानी इरानका सबभन्दा धनी मानिस हुन्

इरानी अर्बपति व्यवसायी बबाक जनजानीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजाय दिइएको न्याय अधिकारीहरुले बताएका छन्।

उनी इरानका सबभन्दा धनीमध्ये एक हुन्।

उनलाई तीन अर्ब डलर अपचलन गरेको आरोप लगाईएको छ।

उनीमाथि राज्यको सम्पति अपचलन गरेर आफु धनी बनेको आरोप छ।

गिरफ्तार

बबाक जनजानीलाई सन २०१३ को डिसेम्बर महिनामा गिरफ्तार गरिएको थियो।

उनका कम्पनीहरु मार्फत तेल व्यापारबाट आएको अरबौं डलर लुकाएको आरोप उनलाई लगाइएको थियो।

उनले आरोप अस्वीकार गर्दै आएका छन्।

प्रेस सम्मेलनमा जनजानीले धोखाधडी गरेको र आर्थिक अपराध गरेको न्यायालयका प्रवक्ताले बताए।

प्रवक्ता घोलमहुसेन मोहसेनी इजेहीले भने- "बबाक जानजानी र अरु दुइजनामाथि गरिएको अनुसन्धानपछि अदालतले यी तिनजनाले पृथ्वीमा भ्रष्टाचार फैलाएको पाइएकाले यिनिहरुलाई मृत्युदण्ड दिने निर्णय गरेको छ।" अरु दुइजनालाई पनि मृत्युदण्ड दिइएको छ र उनीहरुलाई अपचलन गरिएको रकम तिर्न भनिएको छ।

कालोसूची

इरानका सबभन्दा धनी मध्ये एक - जनजानीलाई - अमेरिका र युरोपले तेल नाकाबन्दी छल्न इरानलाई सघाएकोमा कालोसूचीमा राखेका थिए।

उनले सन २०१० यता यूएइ, टर्की र मलेसियामा रहेका कम्पनीका सञ्जाल मार्फत दशौं लाख ब्यारल तेल सरकारका तर्फबाट विक्रि गर्न सघाएको स्वीकार गरेका थिए।

गिरफ्तार हुनु अघि जनजानीले अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण सरकारलाई १.२ अर्ब डलर बुझाउन समस्या परिरहेको दावी गरेका थिए।

उनलाई इरानी राष्ट्रपति हसन रुहानीले उनको सरकारलाई आर्थिक नाकाबन्दीको फाइदा उठाएर खासगरी पहुँचवाला व्यक्तिहरुले गर्दै आएको आर्थिक भ्रष्टाचार विरुद्ध लड्न निर्देशन दिएका थिए।

सन २०१३ मा बीबीसीसँगको अन्तरवार्तामा जनजानीले उनको इरानमा रहेको राजनीतिक सम्पर्कलाई कम महत्व दिएका थिए र भनेका थिए म कुनै राजनीति गर्दिन केवल व्यवसाय गर्छु।

जनजानीले आफ्नो सम्पति १३.५ अर्ब डलर रहेको बताएका थिए।