आप्रवासीको बाटो रोकिएकोमा मर्केलद्वारा आलोचना

  • 10 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption अस्ट्रियाले आफ्नो सीमानाबाट सीमित संख्यामा मात्रै शरणार्थी छिराउने भनेपछि बाल्कन मार्ग बन्द हुने प्रक्रिया शुरु भएको हो

उत्तरी युरोप पुग्न खोजिरहेका आप्रवासीका निम्ति बाटो बन्द गरिदिएकोमा जर्मन चान्सलर एंगेला मर्केलले बाल्कन राष्ट्रहरुको आलोचना गरेकी छन्।

युरोपेली संघका राष्ट्रहरुले समस्या ग्रीसलाई छोड्न नहुने मर्केलले बताईन्।

अब आप्रवासीहरुलाई ग्रीसबाट बाल्कन रुट भनिने मार्गहुँदै जर्मनी पुग्न असम्भव जस्तै भएको छ।

प्रक्रिया

अस्ट्रिया, स्लोभेनिया र म्यासेडोनिया जस्ता राष्ट्रहरुले शरणार्थीका लागी आफ्नो सिमाना बन्द गरिदिएका छन्, जसका कारण हजारौं मानिसहरु ग्रीसमा फँसेका छन्।

यो एंगेला मर्केलले चाहेको समाधान होईन।

यो समस्या ग्रीसलाई छोडिदिएर आफु सजिलो जिन्दगीमा रमाउन नसक्ने उनले बताईन्।

यो कदमले ग्रीसलाई अप्ठ्यारोमा पारिदिएको र यस्तो निर्णय ईयुले संयुक्त रुपमा लिनुपर्ने बताईन्।

यो कदमले समस्या नसुल्झाउने र यो दीर्घकालीन हुन नस्क्ने उनले बताईन्।

तर अस्ट्रियाले भने यो बन्द उल्ट्याउन नमिल्ने बताएको छ।

अस्ट्रियाले आफ्नो सीमानाबाट सीमित संख्यामा मात्रै शरणार्थी छिराउने भनेपछि बाल्कन मार्ग बन्द हुने प्रक्रिया शुरु भएको हो।

योजना

युरोपका नेताहरु आगामी हप्ता यो संकटको समाधान निर्धारण गर्नका लागि भेट्दैछन्।

उनीहरुका बीच ठुला मतभेदहरु कायमै छन्।

युरोपेली संघ र टर्कीले संकट समाधान गर्ने उद्देश्यको प्रस्ताव पेश गरेका छन्।

निर्णय हुन बाँकी यो प्रस्ताव अन्तर्गत गत सोमबार ब्रसल्समा तयार पारिएको थियो।

प्रस्ताव अन्तर्गत ग्रीस र टर्की पुग्ने सबै आप्रवासीलाई फिर्ता पठाईने छ।

फर्काईएका हरेक सिरियालीको बदलामा टर्कीमा रहेका एकजना सिरियालीलाई युरोपमा पुनर्वास गराईने छ।

युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले यो कदमले अनियमित आप्रवासलाई नियन्त्रण गर्ने बताएका छन्।

तर यो योजना माथि पनि कानुनी प्रश्नहरु उठेका छन् र यो योजना लागू हुने पनि निश्चित छैन।