एप्पलविरुद्धको मुद्दा फिर्ता लिइने

  • 29 मार्च 2016
तस्वीर कपीराइट AP

अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआइले सान बर्नाडिनोका आतंकवादी साइद रिजवान फारुकले प्रयोग गरेको आइफोनका तथ्याङ्कसम्म उसले पहुँच प्राप्त गरेको जनाएको छ।

अमेरिकी न्यायधिवक्ता आइलिन डेकरले एउटा तेश्रो पक्षले, भण्डारण भएका तथ्याकं नगुम्ने गरी आइफोन अनलक गर्न मन्त्रालयलाई मद्दत गरेको बताए।

यसअघि एप्पलले खतरनाक नजिर बस्न सक्ने भन्दै उक्त अनुसन्धानमा सघाउन नसक्ने बताएको थियो।

उक्त फोन, अघिल्लो डिसेम्बरमा दक्षिणी क्यार्लिफोर्नियामा आफ्नी श्रीमतीसँग मिलेर १४ जनाको हत्या गरेका रिजवान फारुकले बोक्ने गरेका थिए।

मुद्दा

यसअघि अनुसन्धानकर्ताहरुले उक्त फोनभित्र रहेका तथ्यांकमा पहुँच उपलब्ध गराउन माग गर्दै एप्पल विरुद्ध मुद्दा दायर गरेका थिए।

उक्त मुद्दा अब फिर्ता लिइएको छ।

अघिल्लो बर्षको डिसेम्बरमा सान बर्नाडिनोमा गरिएको आक्रमणमा १४ जना मारिएका थिए र २२ जना घाइते भएका थिए।

त्यसपछि प्रहरीले तीन वटा फोन बरामद गरेको थियो जसमध्ये दुई वटा क्षतिग्रस्त अवस्थामा थिए।

तर ठिक ठाक अवस्थामा पाइएको एउटा आइफोन पासकोडले लक गरिएको थियो। एफबीआइले उक्त फोनका तथ्यांकमाथी पहुँच उपलब्ध गराउन बाध्य पार्न प्रविधि कम्पनी एप्पललाई अदालतमा उपस्थित गरायो।

एप्पलले सरकरी माग अस्विकार गरेपछि अघिल्लो हप्ता उक्त विवाद पुन अदालतमा प्रवेश गर्न लागेको जस्तो देखिएको थियो।

सुरक्षा

तर सुनवाईको पुर्वसन्ध्यामा एफबीआइले एउटा बाहिरको पक्षले एप्पलको सहयोग बिनानै फोन अनलक गर्ने प्रस्ताव सहित आफूलाई सम्पर्क गरेको जनाएको छ।

उसले उक्त विधीले आफ्नो आवश्यक्ता पुरा गरेको संकेत गरेको छ।

त्यही भएर अमेरिकी प्रविधि उद्योगलाई एफबीआइ विरुद्ध एक ठाउँमा उभ्याएको उक्त अदालतमा दायर मुद्दा अब सकिएको छ।

तर पछिल्लो बहस अनिश्चित समयसम्म लम्बिने पक्का छ किनभने अमेरिकी सरकारले विश्वभरका एप्पलका सामाग्रीहरुमा रहेको सुरक्षा कमजोरीबारे जानकारी प्राप्त गरेको छ।

आफ्नो प्रतिष्ठा कायम राखिराख्न, एप्पलले द्रुत गतिमा उक्त कमजोरी मर्मत गर्ने प्रयास गर्नेछ।