बांग्लादेशमा धर्मनिरपेक्षता समर्थकको हत्या

  • 7 एप्रिल 2016
bangladesh
Image caption समादको हत्याअघि धर्मनिरपेक्षता पक्षधर केही ब्लगरहरुलाई निशाना बनाइएको थियो

बांग्लादेशमा धार्मिक अतिवादको आलोचना गर्ने एक जना व्यक्ति राजधानी ढाकामा मारिएका छन्।

धर्मनिरपेक्षता समर्थक अभियानकर्ताहरु मारिने श्रृखंलाको पछिल्लो घटनामा कानुनका विद्यार्थी नाजिमुद्दीन समाद पनि परेका हुन्।

पहिचान

प्रहरीले आक्रमणकारीहरुको पहिचान गर्न सकेको छैन।

बीबीसीकी चारु शहाने भन्छिन् , “२८ वर्षे नाजिमुद्दीन एउटा धर्म निरपेक्ष अभियान समूह गनजागरन मञ्चको सञ्चालक भएको बताइएको छ र उनले फेसबुकमा ‘मेरो कुनै धर्म’ छैन भनेर लेखेका थिए”।

प्रहरीले भनेको छ, नाजिमुद्दीनमाथि ढाका शहरको पुरानो भागको एउटा चोकमा बुधबार सांझ आक्रमण भएको थियो।

विरोध

उनले उच्च सुरक्षा भएको सैनिक क्षेत्रमा हालै एक १९ वर्षिया महिला मारिएको घटनाको पनि विरोध गरेका थिए।

साथै उनले आफूले समर्थन गर्दै आएको दल अवामी लिगलाई धर्म निरपेक्ष संविधान नअपनाएको भन्दै आलोचना गरेका थिए।

अवामी लिग अहिले बांग्लादेशमा सत्तामा छ।

पछिल्लोपछक बांग्लादेशमा धर्मनिरपेक्षता समर्थक अभियानकर्ताहरु मारिने श्रृखंला तीव्र बनेको छ।

यसका कारण केही अभियानकर्ताहरु पलायन समेत भएका छन्।