'खोटाङ्ग बस दुर्घटनामा २४ जनाको मृत्यु'

  • 12 एप्रिल 2016
तस्वीर कपीराइट .

खोटाङ जिल्लाको महादेवस्थान गाविसस्थित बर्खेटारमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा बसका चालक सहित २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

सदरमुकाम दिक्तेलबाट काठमाण्डौका लागी हिडेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान १, बर्खेटारको काभ्रेभिरबाट करीब ५ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा १७ जना पुरुष र ७ जना महिला छन्।

मृतकमध्ये हालसम्म १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

३१ जना घाइतेमध्ये ८ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भर्इरहेको छ भने बांकीलार्इ थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ।