न्यूयोर्कमा ट्रम्प र क्लिन्टन निर्वाचित

  • 20 एप्रिल 2016
तस्वीर कपीराइट APTN

अमेरिकाको न्यूयोर्क राज्यमा भएको पार्टीगत चुनावमा राष्ट्रपति पदका लागि उम्मेदवारी दौडमा रहेका डोनल्ड ट्रम्प र हिलरी क्लिन्टनले जीत हासिल गरेका छन्।

ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट र क्लिन्टन डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दौडमा छन्।

न्यूयोर्क राज्यको नतिजा दुवै प्रत्यासीका लागि महत्वपूर्ण भएको ठानिएको छ।

ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी टेड क्रुजलाई पराजित गरेका हुन् भने न्यूयोर्ककी पूर्व सिनेटर समेत रहेकी डेमोक्रेटिक पार्टीकी हिलरी क्लिन्टनले बर्नी स्याण्डर्सलाई पछाडि पारेकी हुन्।

तीव्रता

क्लिन्टनले भनिन्, “न्यूयोर्कवासीहरु! तपाईंहरुले मलाई सधैं साथ दिनुभएको छ र मैले पनि सधैं तपाईंहरुकी हुने प्रयास गरेकी छु, आज फेरि हामीले मिलेर देखाइदियौँ, म निकै अनुगृहीत छु।”

न्यूयोर्कको चुनावपछि दुवै आकांक्षीले चुनावी अभियानलाई गति दिने अपेक्षा गरिएको छ।

तस्वीर कपीराइट Reuters

ट्रम्पले लगभग सबै मत आफ्नो पोल्टामा पारेको बताइएको छ।

क्लिन्टनले पनि न्यूयोर्क राज्यमा आफ्नो अभियानलाई निकै तीव्रता दिएकी थिइन्।

स्याण्डर्सले आफ्नो हालैको जीतको गतिलाई कायम गर्न संघर्ष गरिरहेका छन्।

रिपब्लिकन आकांक्षी क्रुज र जन कसिसले चाहिँ अर्को मंगलबार हुने अर्को प्रतिस्पर्धामा ध्यान केन्द्रित गर्न थालिसकेका छन्।