'प्यारिस सम्झौता' मा हस्ताक्षर

  • 22 एप्रिल 2016
तस्वीर कपीराइट PA

विश्वव्यापी जलवायु परिवर्तनको गतिलाई सुस्त तुल्याउने सम्बन्धी प्यारिस सम्झौतामा विश्वका झण्डै एकसय सत्तरी देशका प्रतिनिधिहरुले हस्ताक्षर गर्दैछन्।

संयुक्त राष्ट्र संघको विश्वासमा, उक्त सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दिन देखिएको उल्लेख्य उपस्थितिले, अब उक्त सम्झौतालाई हस्ताक्षरकर्ता देशहरुको संसदले पनि अनुमोदन गर्न सघाउ पुग्नेछ।

त्यसो भएमा उक्त सम्झौता पहिले अनुमान गरिएभन्दा पनि चांडै लाग@ हुनसक्ने बाटो खुल्नेछ।

उक्त सम्झौता लाग@ हुनका लागि मानवLय कृयाकलापका कारण उत्सर्जन हुने हरितगृह ग्यासका लागि जिम्मेवार पचपन्न प्रतिशतको प्रतिनिधित्व गर्दै कम्तीमा ५५ राष्ट्रले त्यसलाई अनुमोदन गर्नु पर्नेछ।

अनुमोदन

महत्वपूर्ण कुरा चाहिं संसारका सबैभन्दा दुई ठूला प्रदुषक भनिएका संयुक्त राज्य अमेरिका र चीनले आफूले यो वर्ष उक्त सम्झौतालाई अनुमोदन गर्ने बताएका छन्।

तस्वीर कपीराइट Getty

उक्त सहमति अनुसार देशहरुले कार्वन डाइअक्साइड र अन्य हरितगृह ग्यास उत्सर्जन बारे आफ्नै सीमाहरु निर्धारण गर्न पाउनेछन्।

तर ती लक्ष्यहरु कानूनी रुपमा वाध्यकारी भने हुने छैनन्।

शुक्रबार उक्त सम्झौतामा हस्ताक्षर नगरेका देशहरुलाई त्यसका लागि एक वर्षको समय उपलब्ध हुनेछ।

दश वटा मुख्यतया साना टापु राष्ट्रहरुले उक्त सम्झौतालाई पहिले नै अनुमोदन गरिसकेका छन्।

भविष्य

संयुक्त राष्ट्र संघका महासचिव बान की मूनले भने, उक्त प्यारिस सम्झौताले आगामी पुस्ताका सबैको जीवनलाई उल्लेख्य रुपमा प्रभावित तुल्याउने छ, किनकि चासोको विषय भनेको भावी पुस्ताको भविष्य नै हो।

अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि आफू ले आगामी जेनुअरी महिनामा पद त्याग गर्नु अघि नै यो सम्झौता लागु भएको हेर्न चाहन्छन्।

उक्त सम्झौतामा भएको र थोरै मात्र चर्चा हुने गरेको एउटा बुंदाका कारण, जलवायु परिवर्तन प्रति अनुदार नयां अमेरिकी नेताले अमेरिकालाई सो सम्झौताबाट बाहिर लान चाहेमा, सम्झौता कार्यान्वयनमा आउन चार वर्ष लाग्न सक्नेछ।

सो प्रावधानका बारे अन्य देशहरु पनि जानकार छन् र तिनीहरुले अमेरिकी निर्वाचन प्रकृयालाई नजीकबाट नियाली रहेका छन्।