इजिप्ट एयरको 'भग्नावशेष प्राप्त'

  • 20 मे 2016
तस्वीर कपीराइट

इजिप्टको सेनाले जारी गरेको विज्ञप्ति अनुसार इजिप्टको तटभन्दा करीब तीन सय किलोमिटर उत्तरको क्षेत्रबाट विमानका यात्रुहरुको सामान तथा अन्य भग्नावशेष फेला परेको छ।

यस अघि भग्नावशेष फेला परेका भन्ने विवरण पछि झुट्टा भएको थाहा भएको थियो।

उक्त विमान फ्रान्सको राजधानी प्यारिसबाट इजिप्टको राजधानी कायरोतर्फ जाँदै थियो।

विहिबार समुद्रमा खसेको उक्त विमानमा ६६ यात्रु तथा चालकदल सवार थिए।

इजिप्टका अधिकारीहरुले सो विमान त्यसरी खस्नुका पछाडी विमानमा कुनै प्राविधिक त्रुटी उत्पन्न भएको नभई आतंकवादी क्रियाकलाप जिम्मेवार भएको जनाएका छन्।