बक्सिंग हस्ती मुहम्मद अलीको निधन

  • 4 जुन 2016
muhammad ali तस्वीर कपीराइट PA
Image caption आफूले भाग लिएका कुल ६१ वटा विश्व प्रतिस्पर्धामध्ये अलीले ५६ वटामा जित हात पारे।

बक्सिंग खेलका महान हस्ती मुहम्मद अलीको निधन भएको उनका परिवारका प्रवक्ताले बताएका छन्।

अली ७४ वर्षका थिए।

ठूलो तौल समूह अर्थात हेभिव्येट बक्सिंगका पूर्व विश्व विजेता अली संसारकै उत्कृष्ट खेलाडीमध्येका एक मानिन्छन्।

उनी पछिल्लो समय अमेरिकाको एरिजोना राज्यको फिनिक्समा अस्पतालमा उपचाररत थिए।

उनी लामो समययता श्वासप्रश्वासको समस्यासंग जुधिरहेका थिए।

त्यसलाई पार्किन्सन्स् रोगले थप जटिल बनाएको थियो।

खास नाम क्यासियस मार्सेलस क्ले भएका अली १९६० को रोम ओलम्पिक्समा ‘लाइट हेभिव्येट’मा स्वर्णपदक जितेपछि चर्चामा आएका थिए।

आफ्नो खेल जीवनमा उनले ६१ वटा प्रतिस्पर्धामा भाग लिए जसमध्ये ५६ वटामा उनले जित हात पारे।

सन् १९८१ मा उनले खेलजीवनबाट सन्यास लिएका थिए।