पेरुको राष्ट्रपतीय चुनावमा कुचिन्स्की 'विजयी'

  • 10 जुन 2016
तस्वीर कपीराइट Reuters
Image caption कुचिन्स्कीले आफ्नो अन्तर्राष्ट्रिय वित्तीय अनुभवको प्रयोग गरेर आर्थिक वृद्धिको प्रवर्द्धन गर्ने बताएका छन्

पेरुमा पाँच दशकयताकै निकै प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनमा विश्व ब्यांकका पूर्व अर्थशास्त्री पेड्रो प्याब्लो कुचिन्स्की 'विजयी' भएका छन्।

मतगणना सम्पन्न हुँदा कुचिन्स्कीले कुल मतको ५०.१२ प्रतिशत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी केइको फुजिमोरीले ४९.८८ प्रतिशत मत प्राप्त गरेकी छन्।

विजेताको आधिकारिक घोषणा हुनुअघि चुनाव हेर्न गठित अदालतले विवादमा परेका ५० हजार मतपत्रको टुंगो लगाउनुपर्नेछ।

फुजिमोरीले अझै हार स्वीकार गरिसकेकी छैनन् तर कुचिन्स्कीले भने पेरुका जनतालाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् धन्यवाद दिइसकेका छन्।

भविष्य

उनले ट्वीटरमा आफ्ना समर्थकहरुलाई भनेका छन्, "हाम्रो देशको भविष्यका लागि हामीले सँगै काम गर्नुपर्ने समय आएको छ।"

मतगणना अन्तिम चरणमा पुग्दा कुचिन्स्कीले निकै झिनो मतअन्तरसहित अग्रता लिएका थिए।

केइकी पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन्।

उनी मानवता विरोधी अपराधमा अहिले जेलमा छन्।