सोमालियामा प्रहरी मुख्यालयमा आक्रमण

  • 31 जुलाई 2016
Image caption सोमालियाको राजधानी स्थित एक प्रहरी मुख्यालय लक्षित आक्रमणको जिम्मेवारी अल शबाबले लिएको छ

सोमालियाको राजधानी मोगादिशु स्थित एउटा प्रहरी मुख्यालयमाथि आक्रमण भएको र कम्तिमा ६ जना मारिएको बताएका छन्।

मारिनेमध्ये कम्तिमा तीनजना आक्रमणकारी नै भएको विश्वास गरिएको छ।

हाम्रा अफ्रिका सम्पादक जेम्स कोपनालका अनुसार मोगादिशुस्थित अपराध अनुसन्धान विभागको प्रवेशद्वारमा विष्फोटक पदार्थले भरिएको दुइवटा कार विष्फोट गराइएको थियो।

उक्त कार्यालयलाई निशाना बनाइएको यो पहिलोपटक होइन।

धुवाँको मुश्लो

उक्त भवन बलियो पहरा दिएर राखिएका मध्ये एक थियो।

आक्रमणपछि धुवाँको ठूलो मुश्लो आकाशतिर उडेको थियो।

विष्फोटपछि निकैबेर गोली हानाहान भएको थियो।

बाहिरपट्टिको सडकमा विष्फोटमा परेर मारिएकाहरुको शव फोहोरको थुप्रोमा लडिरहेका थिए।

इश्लामवादी लडाकु समुह अल शबाबले उक्त आक्रमण गरेको बताएको छ।

राजधानी मोगादिशुमा यो साता मात्र अल शबाबले गरेको यो दोश्रो ठूलो आक्रमण हो।