फ्रान्स: बारमा आगलागी, १३ को मृत्यु

  • 6 अगस्ट 2016
तस्वीर कपीराइट bbc

फ्रान्सको उत्तरी शहर रुअँमा जन्मदिनको पार्टि भइरहेको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छन्।

क्युबा लिब्र नामक उक्त बारमा तल्लो तल्लामा गएको मध्येरातमा आगलागी भएको आन्तरिक मामिला सम्बन्धी मन्त्री बेर्नार काज्नोभले जनाएका छन्।

आगो निभाउन ५० भन्दा धेरै अग्निनियन्त्रक खटाइएका थिए।

मन्त्रीका अनुसार आगलागीको खास कारणबारे अनुसन्धान थालिएको छ।

प्रारम्भिक विवरणहरु अनुसार केकमाथि राखिएको मैनवत्तीबाट आगलागी शुरु भएको हुनसक्छ।