गोली हानी हत्या गर्ने प्रहरीको बचाउ

  • 15 अगस्ट 2016
तस्वीर कपीराइट AP

अमेरिकाको विसकनसिन राज्यका अधिकारीहरुले एकजना अश्वेत व्यक्तिको शनिवार गोलि हानी हत्या भएपछि प्रहरीहरुको बचाउ गरेका छन्।

ट्राफिक जाँचका क्रममा प्रहरीले आफ्नो कारलाई रोकेपछि ती अश्वेत व्यक्ति सिल्भिल स्मिथ भागेका थिए।

गोली हानिएकै ठाउँमा उनको मृत्यू भयो।

उक्त हत्यापछि अश्वेतहरुको बाहुल्यता रहेको मिलवाकी वरपर प्रदर्शन र झडपहरु भएका थिए।

पहिचान

गोली हानी हत्या गरिएका व्यक्ति २३ वर्षीया सिलभिल स्मीथ रहेको पहिचान भएको छ।

स्मिथले चोरीको बन्दुक बोकिरहेका थिए र प्रहरीले उक्त बन्दुक तल राख्न आदेश दिए पनि उनले नमानेको प्रहरीले बताएको छ।

उनीमाथि एकजना अश्वेत प्रहरीले नै गोली चलाएका थिए र उनको छाती र हातमा गोली लागेको थियो।

अधिकारीहरुले गोली हानी हत्या हुँदा उनको हातमा बन्दुक रहेको तस्वीरहरुले स्पष्ट देखाएको बताएका छन्।

थप हिंसा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विसकनसिनका गभर्नर स्कट वाकरले त्यहाँका न्यासनल गार्डलाई तयार राखेका छन्।

सुरक्षा

उनले भने, “खासगरी यस्ता घटनामा हामीले प्रहरीलाई सुरक्षित पार्नु आवश्यक छ र जब यस्ता खालका पूर्ण रुपमा अस्वीकार्य दंगाहरु हुन्छन्, म स्थानीय प्रहरीसँग काम गर्ने गभर्नर भएको हुनाले कुनै अप्रिय घटना हुदैँनन भन्नेमा हामीले विश्वस्त पार्नुपर्छ।”

प्रदर्शनका क्रममा पेट्रोल स्टेशनलगायत केही व्यापारिक क्षेत्रहरु जलाइएको थियो भने कारहरुमा पनि आगो लगाइएको थियो।

स्मिथलाई विगतमा पक्राउ गरिएको लामो अभिलेख रहेको प्रहरीले जनाएको छ।

दंगाका क्रममा एकदर्जन भन्दा बढी मानिसहरु पक्राउ परेका छन् र त्यसक्रममा चारजना प्रहरी अधिकारीहरु घाइते भएका छन्।

प्रहरीविरुद्ध प्रदर्शन भएको मिल्वाकी पछिल्लो सहर हो।

यस्ता प्रदर्शनले शहरका भित्री क्षेत्रहरुका जातीय सवाल र प्रहरीले अपनाएका कारबाही विधीबारे राष्ट्रिय बहस श्रृजना गरेको छ।