इटली भूकम्प: खोजी कार्य जारी

  • 25 अगस्ट 2016
तस्वीर कपीराइट AP

इटालीका अधिकारीहरुले भनेका छन्, बुधबार बिहान मध्य इटलीको पहाडी क्षेत्रका नगर र गाउँहरुमा गएको भूकम्पमा परी ज्यान जानेहरुको संख्या २४७ पुगेको छ।

सयौं अरु घाइते भएका छन्।

मध्य इटलीको उम्ब्रिया, लाजियो र ले मार्चे क्षेत्रमा उद्धार टोलीले जीवितहरुको खोजी कार्यलाई रातभरी जारी राखेका छन्।

उद्वार कार्य

तस्वीर कपीराइट AP

ठूल्ठूला भग्नावशेष हटाउने उपकरण सहित सेना उद्धारका लागि परिचालन भएका छन्।

ऐतिहासिक नगर अमत्रिचे तथा नजिकैको एक्युमोली क्षेत्रमा मात्र ८६ जनाले ज्यान गुमाए।

सो नगरका मेयरले शहरको तीन चौथाई भाग ध्वस्त भएको र एउटै सुरक्षित घर बाँकी नरहेको बताएका छन्।

जोखिम

तस्वीर कपीराइट AP

बुधबार बिहानै गएको ६.२ म्याग्निच्युडको भूकम्पपश्चात २०० वटा परकम्प गएको अधिकारीहरुले बताएका छन्।

इटली भूकम्पको जोखिम भएको क्षेत्रमै पर्छ।

अफ्रिकी तथा यूरेसियन प्लेटको टकरावले भूमध्यसागर नजिकैको सो क्षेत्रमा भूकम्प जाने गर्छन्।

तस्वीर कपीराइट Reuters