सिरियामा विपक्षीको प्रस्ताव

  • 7 सेप्टेम्बर 2016
बसर अल असद तस्वीर कपीराइट SANA
Image caption राष्ट्पति बसर अल असदले पद त्याग गर्नुपर्ने मागहरु अस्वीकार गर्दै आएका छन्

सिरियाका विपक्षी राजनीतिक तथा सशस्त्र संगठनहरुको प्रतिनिधित्व गर्ने एउटा छाता समूहले पाँच वर्ष लामो युद्ध अन्त्य गर्न संक्रमणकालिन योजना प्रस्तुत गरेको हो।

लण्डनमा भैरहेको सउदी अरेबियाको समर्थनप्राप्त उच्चस्तरीय वार्ता समितिले वार्ता शुरु भएको ६ महिना भित्र सिरियाका राष्ट्पति बसर अल असदले पद त्याग गर्नुपर्ने र पूर्णकालिन युद्ध विराम घोषणा गर्नुपर्ने उल्लेख गरेको छ।

तर असदले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै आएका छन्।

योजना

सिरियाका विपक्षी राजनीतिक तथा सशस्त्र संगठनहरुको प्रतिनिधित्व गर्ने एउटा छाता समूहले पाँच वर्ष लामो युद्ध अन्त्य गर्न संक्रमणकालिन योजना प्रस्तुत गरेको हो।

लण्डनमा भैरहेको सउदी अरेबियाको समर्थनप्राप्त उच्चस्तरीय वार्ता समितिले वार्ता शुरु भएको ६ महिना भित्र सिरियाका राष्ट्पति बसर अल असदले पद त्याग गर्नुपर्ने र पूर्णकालिन युद्ध विराम घोषणा गर्नुपर्ने उल्लेख गरेको छ, तर असदले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै आएका छन्।

त्यसपछि दोश्रो चरणमा राष्ट्रिय एकताको सरकार गठन गर्ने र नयाँ संविधान बनाउने प्रस्ताव गरिएको छ।

सिरियाका भूतपूर्व प्रधानमन्त्री तथा विपक्षीहरुको प्रतिनिधित्व गर्ने

बीबीसीका एकजना संवाददाता भन्छन्, हालैका सैनिक सफलताहरुले गर्दा राष्ट्रपति असद पदत्याग गर्न अनिच्छुक देखिन्छन्।

त्यसो भए विपक्षी समूहहरुले राष्ट्पति असदले पदत्याग गर्नुपर्ने कुरामा किन जोड दिइरहेका छन् त?

प्रस्ताव

विश्लेषकहरु भन्छन्, राष्ट्पति असदका समर्थक मुलुकहरुले उनीमाथि दबाब बढाउलान् कि भनेर यस्तो प्रस्ताव दोहोराइएको हो।

बीबीसीसंग कुरा गर्दै सउदी विदेश मन्त्री अदेल अल जुबेरले भने, "ती प्रस्तावहरुले सिरिया र रुस तथा इरान लगायतका उसका सहयोगीहरु शान्तिस्थापनाकालागि कति गम्भीर छन् भन्ने देखाउने छन्। तर उनले यदि कुनै शान्तिपूर्ण समाधान फेला नपरे थप सैन्य कारवाही आवश्यक पर्न सक्ने पनि बताए।"

विपक्षी समूहहरुलाई समर्थन गर्दै आएको संयुक्त राज्य अमेरिकाले पनि असदले छिट्टै सत्ता त्याग्नु पर्ने कुरामा जोड दिंदै आएको छ, तर सिरियाभित्र विपक्षी समूहहरुमाथि हवाइ हमला गर्दै आएको रुसले सो विकल्पलाई अहिलेसम्म अस्वीकारगर्दै आएको छ।

अर्को समस्या के छ भने लण्डन बेठकमा सहभागी विपक्षी समूहहरु मात्र सिरियामा निर्याणक छैनन। इस्लामिक स्टेट, अल कायदा संग संबद्ध समूहहरु र सरकारी पक्षको सिरियाका विभिन्न भागमा नियन्त्रण रहेको छ।

सिरिया अन्तर्राष्ट्रिय शक्तिहरुको कृडास्थल बनीरहँदा पाँच वर्ष लामो द्वन्द्वमा झण्डै अढाइलाख सिरियालीहरुको ज्यान गएको छ भने एक करोड भन्दा बढी विस्थापित भएका छन्।

सिरियाबारेको पछिल्लो प्रतिवेदनमा संयुक्त राष्ट्रसंघले ६ लाख सिरियालीहरु घेरावन्दीमा बस्न वाध्य भएको र थप तीन लाख एलेप्पो शहर मात्रैमा घेराबन्दीमा परेको जनाएको छ।