चुनावी रणनीति बदल्दै क्लिन्टन

  • 5 नोभेम्बर 2016
obama तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति ओबामाले क्लिन्टन पराजित भए आफ्नो कार्यकालको उपलब्धि गुम्ने चेतावनी दिएका छन्

अमेरिकाको राष्ट्रपतीय चुनावका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन बढ्दै गएपछि उनकी प्रतिद्वन्द्वी डेमोक्र्याट हिलरी क्लिन्टन आफ्नो चुनावी अभियानको योजनाहरुमा फेरबलद गर्न बाध्य भएकी छन्।

आउँदो साता हुने राष्ट्रतीय चुनावमा यसअघि उनको पक्षमा मतदान गर्ने ठानिएका राज्यहरुमा भइरहेको अभियानहरुमा उनी सहभागी भइरहेकी छन्।

चुनावी अभियानमा सहभागी बनेका बीबीसी संवाददाताले भनेका छन्, चुनावका दुवै पक्ष अहिले अनिर्णित मतदातामा भन्दा आफ्ना समर्थकहरुले मतदान गरुन् भन्नेमा केन्द्रित छन्।

रणनीति

बीबीसीका जन सोपेल भन्छन्, " एक हप्ताअघि सम्म हिलरी क्लिन्टनको अभियानको कार्यतालिका यस्तो थिएन। एकसाताअघिसम्म मिशिगन र पेन्सिलभेनिया सुरक्षित जस्तो देखिन्थे तर अहिले ती दुवै राज्यमा उनले अभियान गर्दैछिन्"।

"एफबीआइले इमेल प्रकरणमा फेरि अनुसन्धान थालेदेखि उनका वरिष्ठ सल्लाहकारहरुले अप्ठ्यारो महसुस गरिरहेको संकेत हो, यो।"

क्लिन्टन र ट्रम्पबीचको वाकयुद्ध घट्ने कुनै संकेत देखापरेको छैन।

प्रभाव

अमेरिकाको प्रमुखमध्येको एउटा शेयर सूचकांकले लगातार नौ दिनसम्म ओरालो लागेको छ।

लगानीकर्ताबीच आउँदो चुनावमा डोनल्ड ट्रम्पले जित्छन् कि भन्ने चिन्ता बढिरहँदा यस्तो अवस्था देखापरेको हो।

एसएण्डपी फाइभ हड्रेड नामक शेयर सूचकांक झर्ने क्रम ठूलो त होइन तर यो साताको सुरुको तुलनामा तीन प्रतिशतभन्दा बढीले घटिसकेको छ।

यसरी लामो समयसम्म सूचकांक लगातार तल झरेको यो घटना पछिल्लो तीस वर्षभन्दा बढी समयमा पहिलोपटक भएको हो।

बीबीसीका आर्थिक संवाददाताले मंगलबार हुने चुनावमा यदि ट्रम्पले जिते उनले अब कस्तो नीति लेलान् भन्नेमा बजार अनभिज्ञ रहेको बताए।

हालै अनुसन्धान निकाय एफबीआइले हिलरी क्लिन्टनले आफू विदेशमन्त्री हुँदा इमेल प्रयोगमा हेल्चक्र्याईँ गरेको विषयमा सम्बन्धित हुनसक्ने इमेलहरुको अनुसन्धान गरेको खुलासा गरेपछि दुई प्रत्यासीबीचको चुनावी दौड साँघुरिंदै गएको देखिन्छ।