Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
21 जुलाई, 2007 16:14 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
भारतमा प्रथम महिला राष्ट्रपति निर्वाचित
 
विजयको खुशियाली
पाटिलले विपक्षी भारतीय जनता पार्टीको तर्फबाट थुप्रै प्रहारहरूको सामना गर्नु परेको थियो
भारतका चुनाव अधिकारीहरूले एकजना महिला प्रतिभा पाटिल देशको नयाँ राष्ट्रपति पदमा निर्वाचित भएको बताएका छन्।

उनि सो पदमा निर्वाचित प्रथम भारतीय महिला हुन्।

बहत्तर वर्षिय पाटिललाई भारतको गठबन्धन सरकारले राष्ट्रपतिय उम्मेदवारका रूपमा मनोनयन गर्नुअघि उनि राजस्थान राज्यको राज्यपाल थिइन्।

चुनावको नतिजा सार्वजनिक भएपछि बोल्दै पाटिलले भारतको तेह्रौं राष्ट्रपतिका रूपान आफ्नो विजय भारतीय जनताको विजय भएको बताइन।

चुनावको नतिजा घोषणा भएपछि बोल्दै पाटिलले भनिन, "म कृतज्ञ र आभारी छु, मैले यो विजयलाई भारतीय जनताको विजयका रूपमा लिएको छु।"

उनले आफुले विश्वास गरेको सिद्धान्त विजयी भएको कुरा अब स्पष्ट भएको बताइन्।

सत्तारूढ कांग्रेस आइ र कम्यूनिष्ट पार्टीहरूको गठबन्धनको साझा उम्मेदवार पाटिलले उनका प्रतिस्पर्धी तथा विपक्षी उम्मेदवार भैरौंसिंह शेखावतले भन्दा तीनलाख भन्दाबढी मत प्राप्त गरेकी थिइन्।

यो चुनावमा पराजित उम्मेदवार शेखावतले उपराष्ट्रपति पदबाट पनि राजिनामा दिएका छन्।

एकजना कानून व्यवसायीका रूपमा पनि काम गरेकी नव निर्वाचित राष्ट्रपतिले चुनाव अभियानका क्रममा विपक्षी भारतीय जनता पार्टीको तर्फबाट थुप्रै प्रहारहरूको सामना गर्नु परेको थियो।

उनमाथि आर्थिक हिनामिना गरेको आरोप समेत लगाइएको थियो।

आलंकारिक भूमिका

संवैधानिक रूपमा राष्ट्राध्यक्ष भएपनि भारतमा राष्ट्रपतिको भूमिका आलंङकारिक मात्र रहेको छ।

तर राजनीतिक संकटको घडिमा सो पदको भूमिका महत्वपूर्ण रहने गरेको छ।

भारतका राष्ट्रपतिले विश्वमै चौथो ठुलो भारतीय सेनाको सर्वोच्च सेनाध्यक्षको भूमिका पनि निर्वाह गर्ने गर्छन्।

चुनाव अधिकारीहरूका अनुसार करिब ११ लाख मतदाताहरूबाट पाटिलले उनका विपक्षी उम्मेदवारले भन्दा दुई तिहाई भन्दाबढी मत प्राप्त गरेकी थिइन।

अब हुने उपराष्ट्रपति पदको चुनावमा पनि कांग्रेस आइ र कम्यूनिष्टहरूको गठबन्धन नै विजयी हुने विश्वास गरिएको छ।

गान्धी र नेहरू परिवार निकट पाटिल यसअघि सन् २००४ मा राजस्थानको राज्यपाल पदमा नियुक्त भएकी थिइन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>