Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
17 जुलाई, 2008 15:41 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
पेट्रोल अभाव चर्केपछि शिक्षा पनि प्रभावित
 
काठमाण्डूको एउटा सडक
काठमाण्डूका सडकहरुमा आजकाल ज्यादै कम गाडिहरु गुडेका देखिन्छन्
गत एक वर्षमा चारपटक भाउ बढाएपनि नेपाल आयल निगमले पुग्दो तेल दिन असफल भएको छ।

पैसा नभएर फिट्फीटि परेको निगमले चाहिने भन्दा एक चौथाई तेलमात्र आयात गरेपछि त शहरमा मोटरकारमात्र चल्न छाडेका छैनन्, स्कूलहरुपनि धमाधम बन्द हुन थालेका छन्।

सामान्यत मोटरगाडीका चापाचापका कारण पाइला टेक्ने ठाउँ नहुने काठमाण्डूका सडकहरुमा आजकाल ज्यादै कम गाडिहरु गुडेका देखिन्छन्।

जति चलेका छन् तीनमा यात्रुहरु तँछाड मछाड गरेर चढिरहेका देखिन्छ।

बाँकी कि त ग्यारेजमा थन्किएका छन् कि त रित्ता पेट्रोल पम्पका अगाडि कैयौं किलोमिटर लामा लाइनहरुमा लागेका छन्।

पेट्रोल डिलर एसोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरेका विचारमा स्थिति विकराल बनिसकेको छ।

उनले भने, "निगमले १५ देखि २० प्रतिशतमात्र आपूर्ति गरिरहेको छ। सत्तरी हजार किलोलिटरको क्षमता भएको उसको रिजर्भमा पनि पाँच हजार किलोलिटर मात्र बाँकि छ।"

घिमिरेका अनुसार पेट्रोल पम्पहरु लगभग सबै बन्द छन्।

स्कूल बन्द

पम्पहरु बन्द भएपछि त्यसको असरले हुँदाहुँदा अब त स्कूलहरुपनि धमाधम बन्द हुन थालेका छन्।

निजी स्कूलहरुको छाता संगठन प्याब्सनका अध्यक्ष भोजराज शाहले भने, "गाडी नचलेपछि केटाकेटी स्कूल आउन सक्दैनन्। त्यसकारण स्कूलहरु धमाधम बन्द हुँदैछन्।"

अन्तर्राष्ट्रिय भाउ अनुरुप बजार मूल्य समायोजन गर्न नसकेपछि नेपाल आयल निगमलाई मासिक डेढ अर्ब रुपियाँको घाटा सहनु परेको अधिकारिहरुले बताएका छन।

त्यसैकारणले नियमित आपूर्ति अस्तव्यस्त हुन पुगेको छ।

केही लिटर तेलको निम्ति लामा लाइनमा बस्न अभ्यस्त मानिसहरु भने यो अस्तव्यस्तताको अन्त्य कतै नदेखिंदा विलखबन्दमा परेका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>